बिलविजकमा कैफियत देखिएपछि सर्लाही प्रहरीले लियो १० टन चिनीसहित ट्रक नियन्त्रणमा

२०८१ श्रावण २८, सोमबार ०६:५५

सर्लाही – सर्लाहीमा प्रहरीले १० टन चिनीसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका–५, सखुवनी टोलबाट चिनीसहितको मिनी ट्रक नियन्त्रणमा लिएको हो ।

बयलवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६०० नम्बरको ट्रक जाँच गर्दा बिलविजकमा कैफियत देखिएपछि नियन्त्रण लिइएको प्रहरी नायब उपरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

ट्रकमा ५० किलोग्रामका दुई सय बोरा चिनी रहेको प्रहरीले जनाएको छ । ट्रक चालक ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिका–२ का ३७ वर्षीय झलक लिम्बूलाई नियन्त्रण लिएर आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवाको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

सम्बन्धित समाचार