नेपालगन्ज – अन्तर्राष्ट्रिय युवा दिवस हरेक वर्ष १२ अगष्टमा मनाईन्छ । यो दिवसलाई संयुक्त राष्ट्र संघले १९९९ मा स्थापनाको घोषणा गरेको थियो। २००० देखि हरेक वर्ष विश्वभर मनाइन्छ । यो दिवसको उद्देश्य विश्वभरका युवाहरूको योगदान, उनीहरूको क्षमता, र उनीहरूलाई सामना गर्ने चुनौतीहरूको बारेमा जनचेतना फैलाउनु हो । अन्तर्राष्ट्रिय युवा दिवसले युवाहरूको सशक्तिकरण, तिनीहरूको आवाजलाई मान्यता र तिनीहरूको सक्रिय सहभागितालाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
युवा देशको सिङ्गो राजनीतिक ब्यबस्था पतिवर्तन, सामाजिक रुपान्तरणमा नेपाली युवाको गौरविलो योगदान छ । युवा शक्ति कुनै पनि देशको राजनीतिक आर्थिक र सामाजिक परिवर्तनको संबाहक हुन् । युवा जनशक्तिको संख्यात्मक तथा गुणात्मक बिकासका माध्यमबाट अहिलेका बिकसित तथा बिकासशिल राष्ट्रले बिकास निर्माणमा प्रगती हासिल गरेका छन् । “युवा“ भन्नाले उमेरको दृष्टिले किशोरावस्थादेखि ३५–४० वर्षको उमेर समूहसम्मका व्यक्तिहरूलाई बुझिन्छ ।
यी व्यक्तिहरूलाई युवा भनिन्छ किनकि उनीहरू शारीरिक, मानसिक, र सामाजिक दृष्टिकोणले सक्रिय र उर्जावान हुन्छन् । कसैलाई “युवा“ भनेर बुझ्दा उमेरको मात्र कुरा हुँदैन, तर उनीहरूको सोच, उर्जा, र समाजमा गर्ने योगदानको पनि महत्वपूर्ण भूमिका हुन्छ । युवा मानिसहरू अक्सर समाजमा परिवर्तन ल्याउने, नयाँ विचारहरू प्रस्तुत गर्ने र भविष्यको दिशा निर्धारण गर्ने क्षमता राख्छन् । सामान्यतयः युवा भन्नाले प्रायः १५–२४ वर्षको उमेर समूहलाई बुझाउने गरिन्छ, तर यो उमेर समूह फरक फरक सन्दर्भमा फरक हुन सक्छ ।
आज नेपाली युवाको दिन प्रतिदिनको उच्च बिदेश पलायन दरले युवा बर्गमा निराशा र आत्माबल कमजोर हुँदै गएको देख्दछु । हिजो देशको ब्यबस्था परिवर्तनका निम्ति लडेका र लागेका परिवर्तनशिल जागरुक हासिला युवा अनुहार आज निन्याउरो अनुहार र धमिलो भबिष्यलाई उज्जवल बनाउन खाडीमा होस या बिदेशी भुमिमा श्रम बेच्न बाध्य छन् । नेपाली युवालाई साँच्चै राज्य संयन्त्र निकायबाट पछाडि पारिएको नै सहशुस भएको छ ।
आज नेपाली युवा दिनप्रतिदिन बिदेशिनु देशमा रहेका युवा पनि कुलत दुर्ब्यसन गलत कार्यमा सामेल हुनुमा देशको खराव राजनीतिक नेतृत्व र अस्थिर राजनीति र प्रस्तिस्पर्धी युवालाई राजनीतिक दलको भर्ती केन्द्रमा भर्ती गरेर देशका जुनसुकै दलको दास बनाउनुले पनि नेपाली युवाको नेतृत्वस्तर खस्किँदो अवस्थामा रहेको छ। अध्यागमन बिभागका अनुसार सन २०२३ मा ७० हजार नौ सय १५ जना युवाहरू विभिन्न देशका लागि बिदेशिएका छन् । दैनिक १५ देखि २५ सय युवा कुनै न कुनै रुपमा बाहिरिएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार बार्षिक ५ लाख भन्दा बढी युवा जिबिकोपार्जन र कामको खोजीमा बिदेशिएका छन् ।
वैदेशिक रोजगारमा १ प्रतिशत दक्ष जनशक्ति र २५ प्रतिशत अर्धदक्ष जनशक्ति र ७४ प्रतिशत अदक्ष युवाहरू बिदेशिएका छन् । प्राय युवाहरू बिदेशमा सीप र क्षमताभन्दा श्रम पसिना बगाउन बिबस भएको तितो यथार्थ हाम्रा सामु छ । आज नेपाली युवाहरुको रोजाइ र बाध्यता बिदेश बन्न थालेपछि रित्तिँदै छन् गाउँबस्तिहरु र प्रदेशिको आगमनमा ती मलिन बृद्ध आमा बुवाको सासले आफ्नो जिवनको उतरार्धको साहस खोज्दैछन् । कुनै पनि राष्ट्रका युवा बेरोजगारी गम्भीर समस्या हो तर हाम्रो देशमा युवा बेरोजगारीलाई आफ्नो राजनीतिक कार्यकर्ता भर्ती र चुनावी सहजताको रुपमा लिइनु दुःखद बिषय बनेको छ ।
गरिबी बेरोजगारीका कारण हो भने बेरोजगारी गरिबीको कारण हो । नेपाली युवा बेरोजगारीले आक्रान्त रहेको छ । नेपाली युवाहरूको शिक्षा, सीप र रोजगारीको वर्तमान अवस्था सन्तोषजनक छैन । जसले देशको सामाजिक र आर्थिक विकासमा प्रत्यक्ष असर पारेको छ । आधारभूत शिक्षा (कक्षा १–८) मा भर्ना दर ९० प्रतिशतभन्दा माथि छ तर एसईई उत्तीर्ण दर अत्यन्त कमजोर छ । यसमाथि शिक्षा र सीपको तालमेल छैन । विश्व बजारमा टिक्न सक्ने र बिक्न सक्ने शिक्षाको अभावले हाम्रा कलेजहरू बिस्तारै विद्यार्थीविहीन बन्दै गइरहेका छन् । अर्थात् अध्ययनसँगै अवसरको खोजीमा युवाको ठुलो पंक्ति बिदेशिने क्रम चलिरहेकै छ ।
नेपाल विश्व युवा सुचकाङ्कमा १४५औं स्थानमा रहेको छ । दक्षिण एशियाका मुलुकसँग तुलना गर्दा पनि नेपालको युवा बिकास सुचकांकमा कमजोर देखिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार पुर्ण बेरोजगारी दर १९.२ प्रतिशत रहेको छ । अर्ध बेरोजगारीको दर २८.३ प्रतिशत छ । युवा श्रम शक्तिको झण्डै आधा भाग अझै गुजारामुखी र छाकटार्न बाध्य अवस्थामा छन् । वैदेशिक रोजगारीमा जाने बार्षिक पाँच लाख ३८ हजार युवामध्ये ७४ प्रतिशत युवा अदक्ष छन् । विप्रेषण ग्राहर्स्व उत्पादनको २९ प्रतिशत पुगेको भएपनि यसको निकै सानो अंशमात्र उत्पादनको क्षेत्रमा प्रवाह भएको छ । नेपाली युवाको अवस्था मिश्रित छ, जसमा सकारात्मक र चुनौतीपूर्ण दुवै पक्ष छन् । यहाँ केही मुख्य बुँदाहरू छन् ।
सकारात्मक पक्षहरू :
शिक्षा र साक्षरताः पछिल्ला दशकहरूमा नेपालमा शिक्षा पहुँचमा सुधार भएको छ । युवा वर्गको साक्षरता दर बढ्दै गएको छ, र धेरै युवाहरू उच्च शिक्षा प्राप्त गर्न उत्सुक छन् ।
प्रविधिको पहुँच :
धेरै नेपाली युवाहरूले स्मार्टफोन, इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गर्दैछन् । यसले उनीहरूलाई विश्वभरिका सूचना र अवसरहरूमा पहुँच पु¥याएको छ ।
उद्यमशीलता :
युवाहरू उद्यमशीलताको क्षेत्रमा सक्रिय हुँदैछन् । विभिन्न स्टार्टअप्स र नयाँ व्यवसायहरूमा युवा वर्गको उत्साह देखिन्छ, जसले आर्थिक विकासमा योगदान पुर्याइरहेको छ ।
सामाजिक सचेतना :
नेपाली युवा सामाजिक मुद्दाहरूमा सचेत छन्। लैङ्गिक समानता, वातावरण संरक्षण, र मानव अधिकारजस्ता विषयमा उनीहरू सक्रिय सहभागिता जनाइरहेका छन् ।
चुनौतीहरू :
रोजगारीको अभाव :
शिक्षित युवाहरूको ठूलो संख्या भए पनि रोजगारीको अवसर कम छ । बेरोजगारी दर उच्च छ, र धेरै युवाहरू विदेशमा रोजगारीको खोजीमा जान बाध्य छन् ।
माइग्रेशन ठूलो समस्या :
नेपाली युवा वैदेशिक रोजगारका लागि विदेश जान्छन् । यसले समाजमा “ब्रेन ड्रेन“को समस्या उत्पन्न गरिरहेको छ, जहाँ दक्ष र शिक्षित जनशक्ति विदेशमा जान्छन् र देशभित्रको विकासमा योगदान कम हुन्छ ।
शिक्षा र सीपको असम्बन्धता :
शिक्षा प्रणालीले बजारमा चाहिने सीपहरू प्रदान गर्न नसकेको देखिन्छ । यसले गर्दा धेरै युवाहरूले उच्च शिक्षा प्राप्त गरे पनि रोजगारी पाउन कठिनाइ महसुस गर्छन् । मानसिक स्वास्थ्यः बेरोजगारी, दबाब, र अन्य सामाजिक समस्याहरूले गर्दा युवाहरूमा मानसिक स्वास्थ्य समस्याहरू बढ्दै गएका छन् ।
धेरैजसो समय यो विषयमा पर्याप्त ध्यान दिइएको छैन । बर्तमान समयमा नेपाली युवाहरूको अवस्था जटिल र विविध छ। केही प्रमुख पक्षहरूमा युवाहरूको अवस्था यसप्रकार छ :
– नेपालको अर्थतन्त्रले सीमित रोजगारी अवसरहरू सिर्जना गरेको छ, जसका कारण धेरै युवा बेरोजगार छन् ।
– विदेश पलायनः रोजगारीको खोजीमा धेरै नेपाली युवा विदेश जान बाध्य छन्, विशेष गरी खाडी मुलुकहरू र मलेसिया जस्ता ठाउँहरूमा ।
– उच्च शिक्षा हासिल गर्ने युवाहरूको संख्या बढेको छ, तर शिक्षाको गुणस्तर र रोजगारीसँगको सम्बन्ध अझै चुनौतीपूर्ण छ ।
– प्राविधिक शिक्षामा केही सुधार भए पनि धेरै युवाहरूलाई रोजगारसँग प्रत्यक्ष सम्बन्धित सीप आर्जन कार्यमा पछाडी परेका छन् ।
– युवा पुस्ता राजनीतिमा रुचि राख्छ, तर भ्रष्टाचार र राजनीतिक अस्थिरताले उनीहरूको विश्वासलाई कमजोर पारेको छ । वर्तमान युवा पुस्तामा अहिलेको बर्तमान राजनीतिले युवा पुस्तामा बितृष्णा पैदा भएको छ ।
– सामाजिक अभियन्ता र स्थानीयस्तरका परियोजनाहरूमा युवाहरूको संलग्नता बढ्दै गएको छ ।
– युवाहरूमा स्वास्थ्य समस्याहरू, विशेष गरी मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ, जसमा तनाव, डिप्रेशन र आत्महत्याका दरहरू उच्च छ ।
– इन्टरनेट र प्रविधिको पहुँचले नेपाली युवाहरूलाई विश्वसँग जोड्न मदत पुर्याएको छ ।
– स्टार्टअप र नवप्रवर्तनमा युवाहरूको रुचि बढेको छ, तर आर्थिक सहयोगको अभाव छ ।
यसरी, नेपाली युवाहरूको अवस्था केही सम्भावनाहरू र धेरै चुनौतीहरू मिश्रित छ, जसले देशको भविष्यलाई निर्माण गर्ने क्षमता राख्दछ । नेपाली युवाहरूको भविष्य उज्यालो छ, तर तिनलाई सफल बनाउनका लागि सही नीतिहरू, रोजगारका अवसरहरू र युवा राजनीतिक नेतृत्व तहमा आसीन र शैक्षिक सुधारहरूको आवश्यकता छ । यदि यी चुनौतीहरूलाई सम्बोधन गर्न सकिन्छ भने नेपाली युवाहरूले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।