सर्लाही – बारामा गुडिरहेको मोटरसाइकलमाथि रुखको हाँगा बज्रिँदा एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा जील्लाको निजगढ नगरपालिका– ११ का सुमन बम्जनकी श्रीमती २२ वर्षीया अस्मिता मोक्तान रहेकी छिन। मोक्तानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो जील्लाको निजगढ नगरपालिका– ११ मा सोहि नगरपालिकाको वडा नम्बर १० स्थित लालगाउँबाट रतनपुर जाँदै गरेको प्र२–०२–०१७ प ९६३५ नम्बरको मोटरसाइकलमाथि रुखको हाँगा भाचिएर बज्रिँएको थियो। सोहि मोटरसाईकलमा सवार अन्य दुई जना घाईते भएका छन्।
घाईते हुनेहरुमा निजगढ नगरपालिका– ११ निवासी १८ वर्षीय सन्देश बम्जन र २२ वर्षीया बिनिता ब्लोन रहेका छन्। घाईतेहरुको अहिले स्थानिय अस्पतालहरुमा उप्चारी भईरहेको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जील्ला प्रहरी कार्यालय बाराले जनाएको छ।