सर्लाही – सिन्धुलीमा २१ वर्षीय छोराको बन्चरो प्रहारबाट ५८ वर्षीय बुबाको मृत्यु भएको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लाल बहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेका थिए। उनको घटना स्थलमै ज्यान गएको थियो ।
घटनाको खबर प्राए लगत्तै प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृतसहितको टोली खटिएकोमा विकलाई बन्चरोसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतक विकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ ।