सर्लाहीको बलरामा खोलामा फसेकालाई बचाउन पुगेका गजेन्द्रको मृत्यु, एक बालिका बेपत्ता

२०८१ श्रावण ३०, बुधबार १७:५३

गोडैता – सर्लाहीमा खोलामा डुबेर एक जना बृद्वको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बलरा नगरपालिका-१, हथिऔल निवासी ६० बर्षीय गजेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार आज (बुधबार) बिहान १० बजेको समयमा सोहि ठाउँस्थित मनुसमारा खोलामा घाँस काट्न जाने क्रममा केहि मानिसहरु उक्त खोला तर्ने क्रममा खोलामा डुबेका थिए। उनीहरुलाई नै बचाउँन खोलामा गएका गजेन्द्रको नै मृत्यु भएको हो।

साथै, सोहि ठाउँ निवासी अर्की एक जना बालिका स्थानिय अजय गिरीकि छोरी १२ बर्षिया निशा कुमारी गिरी उक्त खोलामा बेपत्ता भएकी छिन। उनको खोजि कार्य तिब्र रुपमा भईरहेको छ, भने अजयकै अर्की १५ बर्षिया छोरी पिंकी कुमारी गिरी खोलाबाट पौडी खेलेर सकुशल निस्केकी छिन भने उनको अवस्था सामान्य रहेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारि दिपक श्रेष्ठका अनुसार मृतक गजेन्द्रको शव अहिले पोस्टमार्टमका लागि जील्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा ल्याईएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

सम्बन्धित समाचार