मलंगवामा कुकुरले मुखमा च्यापेर हिँडिरहेको भ्रुण बरामद

२०८१ श्रावण ३१, बिहीबार १०:४०

गोडैता – सर्लाहीको सदरमुकाम मलंगवामा कुकुरले मुखमा च्यापेर हिँडिरहेको भ्रुण बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका-४ स्थित खानेपानी चोक नजिकैबाट उक्त भ्रुण बरामद गरिएको हो।

स्थानीयले भ्रुण मुखमा च्याँपेर हिड्दै गरेको कुकुर देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबर पाएपछि प्रहरी टोलि घटनास्थलमा पुगेर उक्त मृत भ्रुण मलंगवास्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पठाईएको छ।

उक्त भ्रुण कस्ले र किन फाल्यो भन्ने खुल्न सकेको छैन् । उक्त भ्रुण अवैध सम्वन्धबाट जन्मिएर फालेको हुनसक्ने शंका गरिएको छ। यस सम्बन्धि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार