रक्षाबन्धन साइत : सर्वसाधारणले समय हेर्नु नपर्ने, सत्तामा बसेकालाई १ः३१ पछि उत्तम

२०८१ भाद्र १, शनिबार ०७:५४

सर्लाही – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ३ भदौका दिन सर्वसाधारणलाई जुनसुकै बेला रक्षाबन्धन गर्नसक्ने स्पष्ट पारेको छ । शासन सत्तामा रहेकाहरुले भने समय हेरेर गर्न उपयुक्त हुनेछ ।

समितिले शुक्रबार विज्ञप्तिअनुसार भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला छ । घन्टा मिनेट अनुसार त्यसदिन दिउँसो १ बजेसम्म भद्रा परेको छ । यसलाई लिएर रक्षाबन्धन गर्न नहुने नहुने अन्यौल पैदा भएपछि प्रष्ट पारेको समितिका कार्यकारी निर्देशक ज्यो. प. सूर्यप्रसाद ढुंगेलले जानकारी दिएका छन् ।

उनका अनुसार भद्रामा श्रावणीसम्बधी काम गरे शासन सत्तामा रहेकाहरु र होलिका दहन गरेमा गाउँ एवं शहर नाश हुन्छ भनेर शास्त्रमा लेखिएको छ । रक्षाबन्धनमा श्रावणी सम्बन्ध काम गर्ने भएकाले शासन सत्तामा रहेकाहरुले १ः३१ कटाएर रक्षाबन्धन गर्न राम्रो हुन्छ ।

सर्वसाधारणलाई भने असर नगर्ने भएकाले रक्षाबन्धन गर्न सकिने उनले बताए । किनकी भद्रा मत्र्यलोकमा भएका बेला मात्र हानी हुन्छ । अहिले मकर राशीमा चन्द्रामा भएकाले पातालको हुन्छ र, यसमा कुनै पनि कार्य गर्दा धन लाभ हुने शास्त्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार