सर्लाही – बझाङमा पहिरोले घर भत्किँदा चार जनाको मृत्यु भएको छ। गएराती जील्लाको बुङ्गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो आएर घर भत्किँदा स्थानिय काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको मृत्यु भएको छ।
पहिरोले गएराति १ बजे उनीहरु सुतेको घर भत्किँदा उनीहरुको मृत्यु भएको बझाङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राति देखि नै उनीहरुको खोजि सुरु गरेता पनि शव आज (सोमबार) बिहान मात्र फेला परेको थियो।
९ जना सदस्य रहेको उक्त घरमाथि खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।