जाजरकोटमा भूकम्पपीडितको अस्थायी टहरामाथि पहिरो खस्दा एकै परिवारका तिन जनाको मृत्यु

२०८१ भाद्र ३, सोमबार १०:३३

सर्लाही – जाजरकोटमा भूकम्पपीडितको अस्थायी टहरामा पहिरो खस्दा एकै परिवारका तिन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जील्लाको नलगाड नगरपालिका-२, माझगाउँ निवासी ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार र २ वर्षका छोरा शिभम परियार रहेका छन्।

आइतबादेखि परेको अबिरल वर्षाका कारण उनीहरु बसेको स्थायी टहरामाथि गएराती २ बजे पहिरो खसेको थियो। अहिले प्रहरीको टोलि घटनास्थलमा खटेको छ भने पहिरोबाट के कति क्ष्यती भयो भन्ने खुली नसकेको जाजरकोट प्रहरीको भनाई छ।

भूकम्पले उथलपुथल पारेको जाजरकोटको जमिन पहिरोको उच्च जोखिममा रहेको छ। यसघि पहिरोको उच्च जोखिममा रहेका जिल्लाका केहि ठाउँका नागरिकहरुलाई सुरक्षति स्थानमा प्रहरीकै सहयोगमा सारिएको थियो।

सम्बन्धित समाचार