नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि पक्राउ परेका धर्मगुरु पुष्कर २५ हजार धरौटीमा भए रिहा

२०८१ भाद्र ३, सोमबार १५:२०

सर्लाही – धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् ।

गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका थिए ।

खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए।

सम्बन्धित समाचार