रुकुममा अरिंगालको टोकाइबाट एक पुरुषको मृत्यु, अर्का एक जना घाईते

२०८१ भाद्र ६, बिहीबार १३:११

सर्लाही – रुकुम पूर्वमा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्लाको भूमे गाउँपालिका–९, चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो ।

अरिंगालको टोकाइबाट घाइते भएका सिस्ने गाउँपालिका–७, नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

उनका अनुसार सिस्ने गाउँपालिका–५ स्थित धौलापैरा जंगलमा बुधबार साँझ अरिंगाल पोल्ने क्रममा घर्ती र रेउलेलाई टोकेको थियो । उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारको क्रममा घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित समाचार