गोडैता – प्रहरीले सर्लाहीको बागमतीबाट बिलबिजक नभएको ३२ लाख भन्दा बढीको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ।
बिरगंजबाट ईटहरीतर्फ जाँदै गरेको ना ६ ख २३३७ नम्बरको ट्रकलाई चेकजाँचको क्रममा बिलबिजक नभएको सामान भेटिएपछि सर्लाहीको बागमतिबाट उक्त ट्रकसहितको सामान नियन्त्रणमा लिएको ईलका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
प्रहरीका अनुसार चेकजाँचको क्रममा उक्त ट्रकमा बिलबिजक नभएको ३२ लाख १० हजार एक सय ३१ रुपैयाँ मूल्य बराबरको बिभिन्न सामान पेन्ट, ग्यास लाईटर, मेशिनरी तथा किराना सामानहरु भेटिएको बताईएको छ।
नियन्त्रणमा लिएको उक्त सामानसहितको ट्रकलाई आबश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाईएको ईलाका प्रहरी कार्यालय हरिवनका डिएसपी अनिलराज गिरीले जानकारी दिए।