बरहथवामा मोटरसाईकल आफै अन्यन्त्रित भई दुर्घटना, पूर्व वडाध्यक्ष यादवको मृत्यु

२०८१ भाद्र ८, शनिबार ११:५१

गोडैता – सर्लाहीमा मोटरसाईकल आफै अन्यन्त्रित भई दुर्घटना हुँदा पूर्व वडाध्यक्षको मृत्यु भएको छ।

जील्लाको बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा गएराती करिव साँढे ९ बजेतीर प्रदेश २–०३–०२० प ३२४५ नम्वरको मोटरसाइकल आफै अन्यन्त्रित भई सडकमै पल्टीदा जिल्लाकै कविलासी नगरपालिका–४, हेमपुरका पूर्व वडाध्यक्ष ४३ वर्षीय अरविन्द कुमार यादवको मृत्यु भएको हो।

प्रहरीका अनुसार यादव उक्त नम्बरको मोटरसाईकलमा सवार भएर टिकुलियाबाट बरहथवातर्फ गइरहेका थिए, सोहि क्रममा एक्कासी मोटरसाईकल आफै अन्यन्त्रित भई सडक मै पल्टिदा उनि घाइते भएका थिए।

घाइते उनलाई उपचारका लागि बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकामा डाक्टरले मृत घोषणा गरेका हुन्। अहिले मृतक यादवको शव जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार