सर्लाहीमा घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर ६ वर्षीय बालकको मृत्यु

२०८१ भाद्र ८, शनिबार १६:३३

सर्लाही – सर्लाहीमा घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जील्लाको ब्रह्मपुरी गाउँपालिका – २ का सन्जय साहका ६ वर्षीय अङ्कित साह रहेका छन्।

बालकको आज (शनिबार) बिहान घर नजिकै रहेको राम जानकी मठको पोखरीमा नुहाउँने क्रममा डुबेर घटनास्थलमै मृत्यु भएको हो। अहिले मृतक बालकको शव पोस्टमार्टमका लागि जील्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ।

सम्बन्धित समाचार