सर्लाहीमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु, घण्टौपछि गोताखोर टोलीले निकाल्यो शव

२०८१ भाद्र ८, शनिबार २२:१४

सर्लाही – सर्लाहीमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा जील्लाको ईश्वरपुर नगरपालिका–४, सागरनाथका १७ वर्षीय निशान थापा मगर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोहि नगरपालिकाको वडा नम्बर ५ स्थित सखुवनीमा आज (शनिबार) दिउँसो नुहाउन भनेर फूलजोर खोला नजिकै नदीजन्य पदार्थ उत्खनन गर्न क्रसरले खनेको खाल्डोमा पसेका उनको डुबेर मृत्यु भएको हो।

खाल्डो गहिरो भएकाले शव निकाल्न नसकेपछि सशस्त्र प्रहरीको गोताखोर टोली बोलाइएको थियो। सशस्त्र प्रहरी बल नेपालको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीबाट आएको गोताखोर टोलीले शव केहि समयपछि निकालेको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

सम्बन्धित समाचार