१६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

२०८१ भाद्र ९, आईतवार १०:५५

सर्लाही – झापाको अर्जुनधारा नगरपालिका– ५ मा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

सात जनाले सामूहिक बलात्कार गरेको उजुरी परेसँगै घटनामा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । एक जना भने फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार राति अलग अलग स्थानमा लगेर ती युवाले १६ वर्षीया बालिकामाथि बलात्कार गरेका थिए ।

झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार संलग्न भएमध्ये अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर पक्राउ परेका छन् । उनीहरुले पहिले साँझ अर्जुनधारा–८ नयाँ बजारको बाख्रा हाटको फलैंचामा बालिकालाई बलात्कार गरेका थिए ।

सम्बन्धित समाचार