भारतमा बाराका तीर्थयात्री सवार बस दुर्घटना : २५ जना घाइते, उपचार नपाएको गुनासो

२०८१ भाद्र ९, आईतवार १७:५९

सर्लाही – भारत यात्रामा निस्किएका नेपाली तीर्थयात्री बोकेको बस भारतको विहार राज्यको समस्तीपुर जिल्लामा दुर्घटनामा परेको छ। दुर्घटनामा २५ जना घाईते भएको जनाईएको छ।

घाईतेहरु सबै बारा जिल्लाका रहेको पाईएको छ। आईतबार बिहान ३ बजे नेपालि तीर्थयात्री सवार ना ७ ख ६४४६ नम्बरको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिएपछि बस पल्टिएर दुर्घटना भएको हो।

उक्त बसमा ४३ जना यात्री सवार रहेको पनि बताईएको छ। अहिले घाईतेहरुको मुश्रीघरारीस्थित अस्पतालमा भर्ना गरिएको छ। देवघरमा नुहाउन गएका उनीहरू शनिबार राति ११ बजे नेपालबाट निस्किएका थिए।

उपचार नपाएको गुनासो

बिहारस्थित समस्तीपुरमा बस दुर्घटनामा परेका नेपालीले उपयुक्त उपचार नपाएको गुनासो गरेका छन् ।

सामाजिक संजालमा बाहिरिएको एक भिडियोमा घाइतेले भने अनुसार आफूहरुको उपचार राम्रोसँग भईरहेको छैन। दुर्घटनामा परेकी रामरती देवीले छेउमा लडेका आफ्ना श्रीमान् किशोरी लाललाई देखाउँदै भनेकी छन्, “यहाँ केही उपचार भएको छैन ।

अघि एउटा सुई लगायो, त्यसपछि केही छैन ।” दुर्घटनामा घाइते भएका एक अर्का नेपालीले भनेका छन्, “अहिले भर्खर आफूले सुई लिएर आएँ अनि सुई लगायो, यहाँ ब्यान्डेज, पट्टी केही भएको छैन ।”

दुर्घटनमा परेकाहरूको अवस्था बुझ्न बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जसयवालसहितको टोली बिहारको समस्तीपुर जाँदै छ । अध्यक्ष जयसवालले भने, “हामी उहाँहरूलाई लिएर आउन भनेर अहिले त्यतैतिर जाँदै छौँ ।”

सम्बन्धित समाचार