बारामा कारले मोटरसाईलकलाई ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाहीका एक पुरुषको मृत्यु

२०८१ भाद्र १०, सोमबार ०९:१९

सर्लाही – बारामा कारले मोटरसाईलकलाई ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाहीका एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहिक कर्मैया ९ निवासी ३५ वर्षीय मानबहादुर प्रधान रहेका छन्।

आईतबार (हिजो) दिउँसो प्रधान सवार रहेको बा५८प ४१४५ नम्बरको मोटरसाइकललाई बीएबी ५०३५ नम्बरको कारले त्रिभुवन राजपथ अन्तर्गत पथलैया नजिकै ठक्कर दिएको हो।

प्रधान हेटौडाबाट पथलैयातर्फ आउंदै गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाईकललाई ठक्कर दिने कार र कारका चालकलाई पक्राउ गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको छ।

सम्बन्धित समाचार