सप्तरीमा कृष्ण जन्माष्टमी पर्व मनाएर मूर्ति सेलाउन गएका एक युवकको नदीमा डुबेर मृत्यु

२०८१ भाद्र १३, बिहीबार ०५:५४
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीमा कृष्ण जन्माष्टमी पर्व मनाएर मूर्ति सेलाउन गएका एक युवकको नदीमा डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–२, पसार्हा निवासी रामकुमार राजधामीका २२ वर्षीय छोरा रोहन राजधामी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्थानीयवासीसँगै जील्लाको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित त्रियुगा नदीको हेडबाँधमा मूर्ति सेलाउन गएका रोहन पानीमा डुबेका थिए।

पानीमा डुबेका उनलाई स्थानीयले नै पानीबाट निकालेर उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीमा लगेका थिए। सोहि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको जील्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार