सिरहामा राति सुतेको बेला सर्पले डस्दा एक युवतीको मृत्यु

२०८१ भाद्र १६, आईतवार १०:१४

सर्लाही – सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ।

जील्लाको सखुवा नन्कारपट्टी गाउँपालिका ३ मा गएराती सुतेको बेला रातिको १२ बजे सर्पको टोकाईबाट स्थानिय २० वर्षीया सरिता कुमारी सदाको मृत्यु भएको हो। सदा सर्पको टोकाईबाट गम्भीर घाईते भएकी थिइन्, उनलाई उपचारका लागि अस्पातल नलगेर परिवारले झाँक्रीमा लगेका बताईएको छ।

झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा उनलाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो। अस्पतालमा पुर्याएको समयको उनको मृत्यु भईरहेको भन्दै डाक्टरले मृत घोषणा गरेको बताईएको छ। सदालाई गोमन सर्पले डसेको थियो।

सम्बन्धित समाचार