सर्लाही – सिमा सुरक्षा गुल्म मलंगवाका प्रहरी प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक उज्वल लामिछाने घर विदामा बसेको समयमा सशस्त्र प्रहरी निरिक्षक सुक बहादुर तामाङलाई दशैँ आएको छ ।
सिमा सुरक्षा गुल्म मलंगवाका डिएसपी लामिछाने विदामा बसेको समयमा सशस्त्र प्रहरी निरिक्षक तामांगले दूईवटा घुमुवा परिचालन गरेर राम्रो कमिसन असुल्ने गरेका पाइएको हो । प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवाका सशस्त्र प्रहरी नायव उपरिक्षक एक साता अघि मात्रै घर बिदा गएका हुन् ।
सोहि मौका छोपेर सुक बहादुर तामाङ्ले आफैंले पनि व्यापारीहरु र मातहतका सशस्त्र प्रहरी युनिटहरुसंग कमिसन असुल्ने गरेका छन् । उनले सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे. क्वा गण सर्लाहीका गणपति सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिनोद राज खनालको नाममा समेत कमिसन असुल्ने गरेका पाइएको छ ।
सशस्त्र प्रहरी निरिक्षक तामाङले प्रहरी जवान मुकेश यादव, प्रहरी सहायक निरीक्षक प्रदिप चौधरीलाई प्रयोग गरि चर्को कमिसन असुल्ने गरेका एक सशस्त्र प्रहरी अधिकारीले बताए । सो विषयमा बुझ्न सशस्त्र प्रहरी निरिक्षक तामाङलाई फोन गर्दा उनले अफिसमा आएर भेटेर गर्नुस् भन्दै फोनमा कुरा गर्न चाहेनन् । यसबाट पनि उनको कमाण्डमा रहेको सशस्त्र प्रहरीहरुको टिमले चर्को कमिसन असुल्ने गरेको प्रष्ट हुन्छ ।