गोडैताबाट नक्कली नोट बनाउँने गिरोह पक्राउ, नोट बनाउँन प्रयोग गरिने सामान बरामद

२०८१ भाद्र १७, सोमबार ०६:४३

गोडैता – सर्लाहीमा नक्कली नोट बनाउँने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सर्लाहीको गोडैता नगरपालिका-१२ का ३२ बर्षीय जनार्धन सिंह, रौतहटको चन्द्रपुर नगरपालिकास्थित नराई टोलका ३७ बर्षीय शुक बहादुर राई, काठमाण्डौ चन्द्रागिरी-१५ का २६ बर्षीय सौगात थापा मगर, सोहि ठाउँमा बस्ने मनहरा नगरपालिका-६ का ४७ बर्षिय बिजय लामा, ललितपुरको ललितपुर महानगर कुपनडोलका ३३ बर्षिय संजय राना मगर, भक्तपुरको चाँगु नारायण बस्ने ३७ बर्षिय अमिर खत्री, यस्तै दुई जना भारतीय नागरिकहरु रहेका छन्।

जसमा भारतको सीतामढी थाना बैरगनिया ग्राम पंचायत पटंकिका पप्पु भनिने राजीव ठाकुर र मेयरगंज बस्ने ४० बर्षिय सुबोध कुमार रहेका छन्। उनीहरुलाई प्रहरीले सर्लाहीको गोडैता नगरपालिका-१२, मधुवनी गाउँमा नक्कली नोट बनाईरहेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरुले उक्त ठाउँस्थित एक सिंचाईको लागि गाढिएको बोरिङको खालि घरको कोठा भित्र बसेर नक्कली नोट बनाईरहेको भन्ने सूचनाका आधारामा खटेको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार उक्त स्थानबाट नक्कली नोट बनाउने मेसिनसहित थुप्रै सामानहरु बरामद गरेको छ। पक्राउ परेका ८ जनैमाथि सर्लाही जील्ला अदालतबाट १० दिनको म्याद थप गरेर यस सम्बन्धि अनुसन्धान प्रहरीले गरिरहेको छ।

सम्बन्धित समाचार