सर्लाही – स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको फारबिसगन्जका ३९ वर्षीय अर्जुन कुमार छन् । कुमारलाई प्रहरीले हिँजो (आईतबार) साँझ पक्राउ गरेको हो।
कुमार बीआर ३८ एल १९१४ नम्बरको मोटरसाइकलमा सवार भएर नेपालबाट भारततर्फ जाँदैथिए सोहि क्रममा मोरङको विराटनगर महानगरपालिका–१८, रेलवेलाइन दशगजामा चेकजाँच गर्ने क्रममा उनको साथमा ६ लाख रुपैयाँ भेटिएको र उक्त रकमको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।