सर्लाही – प्रहरी प्रधान कार्यालयले ५८७ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ।
प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार सोमबार प्रहरी महानिरीक्षक बसन्त कुँवरको निर्णय अनुसार ५८७ इन्स्पेक्टरको सरुवा गरिएको हो।
सरुवाको पहिलो सूचीमा रहेका अक्षयकुमार राउवलको काठमाडौंमा सरुवा गरिएको छ। त्यसैगरी दोस्रो नम्बरमा रहेका अच्युत गिरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवन्ध तथा भण्डार शाखामा सरुवा गरिएको छ।