सर्लाही – सर्लाहीमा प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहको कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काँग्रेशका कार्यकर्ताहरुद्वारा ढुंगा प्रहारको प्रयास भएको छ।
आज (मंगलबार) दिउँसो सर्लाहीको क्षेत्र नम्बर ४, स्थित धनकौल गाउँपालिका वडा नम्बर २ धनकौल गाउँमा उनि उपस्थित कार्यक्रममा ढुंगा हान्ने प्रयास भएको हो। ढुंगा प्रहार गर्ने मान्छे नेपाली कांग्रेशका कार्यकर्ताहरु रहेको पाईएको छ।
सांसद सिंहले आफ्नो मन्तब्य राख्दै गर्दा नै कांग्रेशका ति कार्यकर्ताहरुले होहल्ला गर्न खोजेका थिए। तर प्रहरीको सुरक्षाका कारण त्यो हल्ला केहीबेरमा शान्त भयो, त्यतिबेला शान्त भएपनि ति अगाडी नै कार्यक्रम बिथोल्ने उद्वेश्यले त्यहाँ उपस्थित भएका कांग्रेशका कार्यकर्ताहरुले सांसद सिंह कार्यक्रमबाट बाहिरिने क्रममा ढुंगा हानेको प्रत्यक्षदर्शीले बताए।
घटनामा त्यस्तो केहि क्षति नभएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार सुरक्षा ब्यबस्था कडा पारिएको हुनाले त्यस्तो कुनै क्षति पनि भएन र माननीय ज्युलाई सुरक्षितसँग घर पुर्याएको हो। यो गाउँ नेपाली कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंह र कांग्रेस जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको गाउँ हो।
यस क्षेत्रमा सांसद सिंहको कार्यक्रम बिथोल्ने नेपाली कांग्रेशको यो पहिलो प्रयास भने होइन यसघी पनि यस्ता हर्कत नेपाली कांग्रेशका कार्यकर्ताहरुले बेला बेला जनाउने गरेका स्वतन्त्रबाट निर्वाचित सांसद सिंह श्रोतले जनाएको छ। सांसद सिंह केहि दिन देखि गाउँघरमै रहेका छन् साथै उनि आफ्नो गाउँठाउँका बिभिन्न बिद्यालय तथा कार्यकर्ता भेटघाट कार्यक्रमहरु गरिरहेका छन्।