गोडैता – सर्लाहीमा सर्पको डसाईबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा जील्लाको हरिवन नगरपालिका–८, चापिनीका ३५ वर्षीय सागर आले मगर रहेका छन्।
सागरलाई गएराती १ बजे सौचालय जाने क्रममा सर्पले डसेको थियो। सर्पको डसाईबाट घाइते भएका सागरलाई उपचारका लागि जील्लाको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो।
उनलाई त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि मधेशको राजधानी जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनलाई गोमन सर्पले डसेको थियो।