हसिनाविरुद्ध अहिलेसम्म ९४ मुद्धा दर्ता

२०८१ भाद्र २०, बिहीबार ०९:३५

काठमाडौँ – बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप दुईवटा हत्याको मुद्दा दर्ता भएको छ । योसँगै उनीविरुद्ध दर्ता हुने मुद्दाको संख्या ९४ पुगेको छ ।

तीमध्ये अधिकांश विद्यार्थी आन्दोलनका क्रममा मृत्यु भएकाहुर्का परिवारले दर्ता गरेका मुद्धा रहेको बंगलादेशका मिडियाहरुले उल्लेख गरेका छन् । जुलाई १९ मा ढाकाका एक व्यक्तिको हत्या गरेको आरोपमा हसिना र अन्य २६ विरुद्ध बुधबार मुद्दा दर्ता गरिएको थियो ।

यस मामिलामा पूर्व गृहमन्त्री असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादिरलगायत पार्टीका धेरै नेता तथा कार्यकर्ता आरोपी छन् । देशमा आन्दोलन चर्किएर आफै असुरक्षित बनेपछि हसिनाले राजीनामा दिएर अगस्त ५ मा बंगलादेश छोडेकी थिइन् । उनी हाल भारतमा रहेकी छन् ।

सम्बन्धित समाचार