भारतीय नागरिकलाई नेपाली बनाई जग्गा खरिद बिक्री गर्ने पूर्ववडा अध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८१ भाद्र २०, बिहीबार १८:१३

सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (सूस्ता पूर्व) को पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ का पूर्वअध्यक्ष ओमप्रकाश ओलीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले भारतीय नागरिक अनुप मेहरालाई नेपाली नागरिक बनाई जग्गा खरिद बिक्री गर्न सिफारिस गरेको भन्दै अख्तियार मुद्दा दायर गरेको हो । यस्तै अख्तियारले पूर्ववडा अध्यक्ष नरेशप्रसाद बढईविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

भारतीय नागरिक अनुप मेहरालाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री बितरण गरी भ्रष्टाचार गरेको भन्दै पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ का मजिद जोलाहा, पुर्नमासी अहिर, प्रेम सागर चौधरी, बृज भुषण नाथ योगी, नारद कुर्मी, कपिल देव कुर्मी, राधेश्याम बनिया, पशुपति बनियाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यस्तै सोमै कहार, भगौती चमार, पुर्नमासी अहिर, प्रेम सागर चौधरी, मजिद जोलाहाविरुद्ध पनि मुद्दा दायर भएको छ । यस्तै अख्तियारले सेतवाध यादव, रमेश सहानी, संघर्ष कुमार खत्री, भगौती चमार र हरि शंकरविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

सम्बन्धित समाचार