सर्लाही – सर्लाहीमा खोलामा डुबेको अवस्थामा एक भारतीय नागरिकको शव फेला परेको छ। आज (शुक्रबार) जील्लाको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक भारतीय नागरिकको शव फेला परेको हो।
जील्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उक्त शव भारतको सीतामढी जिल्ला ग्राम पञ्चायत सोनवर्षा–९ बस्ने ४८ वर्षीय इन्दल महतोको रहेको छ। महतोको शव उक्त खोलामा डुबेको अवस्थामा स्थानीयले देखेको र प्रहरीलाई खबर गरेको बताइएको छ।
स्थानीयको खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरीको टोलीले घटनाको मुचुल्का तयार पारि शवलाई शव परीक्षणका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगिएको छ। यस सबन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।