सर्लाही – नेपाली कांग्रेस केवल दलाल, ठेकेदारलाई मात्र पोस्ने पार्टी बनेको प्रमाणित भएको स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले भनेका छन्। शनिबार सामाजिक संजालमा एक स्टाटस राख्दै सांसद सिंहले उक्त कुरा जोडेका हुन्।
उनले लेखेका छन् – ‘कांग्रेस गज्जबको लोकतान्त्रिक पार्टी भएछ,बाहिर लोकतन्त्रको चर्को नारा लगाउने भित्री आत्मा किम जोङ शैली ,बिगत केही हप्ता देखि निर्वाचन क्षेत्र भ्रमणको क्रममा क्षेत्रका र आसपासका विभिन्न पार्टी बाट निर्वाचित जनप्रतिनिधिहरु सङ भेटघाट कार्यक्रममा मैले जो जो कांग्रेसका कार्यकर्ता जनप्रतिनिधि सङ भेटे तिनी सवैलाइ कांग्रेसले स्पष्टीकरण सोधेको छ।
अब कांग्रेसले केवल दलाल ,ठेकेदारलाई मात्र पोस्ने पार्टी बनेको प्रमाणिात भएको छ। पार्टी सभापतिले सबै पार्टीसङ उठबस गर्न पाउने स्थानीय जनप्रतिनिधिले स्वतन्त्र सांसद लाई भेट्न नपाउने? स्वतन्त्र जनप्रतिनिधिहरुमाथी यस्तो आक्रमण किन्न ?’
सांसद सिंह पछिल्ला केहि दिनदेखि आफ्नै क्षेत्रमा छन्। स्थानिय जनताका घर आँगनमा गएर जनताका दु:ख, सुख बुझ्दै छन्, यतिमात्र नभई यस बिंचमा उनले आफ्नो क्षेत्रमा रहेका बिभिन्न सरकारी विद्यालयको शैशिक अवस्थाको बारेमा बुझ्न स्वयं बिद्यालयहरुमा अनुगमन पनि गरिरहेका छन्। यसका साथै, सिंहले सरकारी अस्पतालहरुले जनतालाई के कस्तो सेवा दिराका छन् लगायत कुराहरुमा पनि ध्यान दिएका छन्।
यसै क्रममा गत मंगलबार उनीमाथि उनकै क्षेत्रमा नेपाली कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंह र कांग्रेस जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहका छोरा, भतिजाहरुले कार्यकर्ता भेटघाट कार्यक्रममा सांसद सिंहमाथि ढुंगा प्रहार गरेका थिए।
सांसद सिंहले शनिबार (आज ) गरेको पोस्ट अनुसार सांसद सिंह आफ्नो क्षेत्रमा आएका बेला कामले भेटघाट गरेका नेपाली कांग्रेसका जनप्रतिनिधिलगायतका व्यक्तिलाई नेपाली कांग्रेसले किन भेटेको भनेर स्पस्टिकरण सोधेको बुझिन्छ।
सांसद सिंह प्रतिनिधि सभाको निर्वाचन हुनु पूर्व नेपाली कांग्रेस मै थिए। तर प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीले उनलाई टिकट नदिएपछी पार्टी त्याग गरि स्वतन्त्रबाट उम्मेदवार बनेर उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार रायसहितका प्रतिद्वन्द्वीहरुलाई हराउँदै उनि निर्वाचित भएका थिए।