सर्लाही – सर्लाही जील्लाको पश्चिमी भेगस्थित गोडैता नगरपालिकास्थित गोडैतामा स्वास्थ्य संस्था स्तरमा गरिएको सामाजिक परीक्षणको सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ।
नर्वे सरकारको आर्थिक सहयोग, युएनएफपीए नेपालको प्राविधक सहयोग र आसमान नेपालको सांझेदारीमा संचालित कार्यक्रम रिया परियोजना अन्तर्गत गोडैता नगरपालिकाको आयोजनामा आज (आइतबार) गोडैता नगरपालिका-७, स्थित आधारभूत स्वास्थ्य केन्द्रमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
सामाजिक परीक्षण नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीहरुले सेवाग्राहीलाई के कसरि सेवा सुबिधा दिराखेका छन् ? सेवाग्राहीले सेवा कसरि लिराखेका छन् ? स्वास्थ्य संस्थाहरुको अवस्था के कस्तो छ ?, स्वास्थ्य क्षेत्रमा पहुँच एवम् उपयोग, स्वास्थ्य सेवाको गुणस्तरलगायत बिभिन्न बिषयमा सामाजिक परीक्षण गरिएको थियो।
जुन सामजिक परिक्षण अनुसार गोडैता नगरपालिका भित्र रहेका तीन वटा ( सिसौटिया स्वास्थ्य चौकी, बगदह स्वास्थ्य चौकी र रोहवा स्वास्थ्य चौकी ) स्वास्थ्य संस्थाहरुको बिभिन्न बिषयहरुमा सामाजिक परिक्षण गरिएको कार्यक्रमका संयोजक संजय यादवले बताउनु भयो।
उहाँका अनुसार यी स्वास्थ्य संस्थाहरुमा प्रायमा सौचालय ब्यबस्थित नभएको, खानेपानीको ब्यबस्था नभएको, स्वास्थ्य कार्यालयहरुमा बिरामी मैत्री सेवा दिन नसकेको, स्वास्थ्य कार्यालयहरुको फोहोर ब्यबस्थानपन हुन् नसकेकोलगायतका बिभिन्न समस्या देखिएका छन्। भने कतिपय स्वास्थ्य कार्यालयमा हात धुन साबुनसमेत नराखेको, स्वाथ्य कार्यालयहरुमा गुनासा पेटिकाहरु नराखेको पाईएको छ।
यस्तै ति स्वास्थ्य कार्यालयहरुमा राम्रा पक्षहरुमा स्वास्थ्यकर्मीहरु नियमित उपस्थित भएर राम्रो ब्यबहारले बिरामीहरुको उपचार गर्ने, बिशेषगरि परिवार नियोजन लगायत सेवाका लागि तीन वटै स्वास्थ्य कार्यालयहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको ब्यबस्था गरिएको छ। यस्तै सम्पूर्ण स्वास्थ्य चौकीहरुमा नागरिक बडापत्रको ब्यबस्था गरिएको छ। केहि स्वाथ्य चौकीमा स्वास्थ्य औजार नभएको तथा औजार भएका स्वास्थ्य चौकीहरुमा सहि तरिकाले उपयोग नभएको पाईएको छ।
कार्यक्रममा बोल्दै नगरप्रमुख देबेन्द्र कुमार यादवले आफूले स्वास्थ्य र शिक्षा क्षेत्रलाई बिशेष जोड दिंदै ति क्षेत्रहरुलाई सकेसम्म राम्रो, प्रभावकारी बनाउन आफू लागि पर्ने कुरा उल्लेख गर्दै यो सामाजिक परिक्षणबाट देखिएका समस्याहरुलाई सकेसम्म तत्काल समाधान तर्फ लाग्ने बताउनु भयो। साथै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सम्भु प्रसाद यादवले पनि उक्त कुरालाई जोड्दै यो परिक्षणबाट देखिएका समस्याहरुलाई आफ्नो कर्तब्य र कामको क्षेत्र अनुसार आफूले समाधानतर्फ लाग्ने कुरा उल्लेख गर्नुभयो।
कार्यक्रममा गोडैता नगरपालिकाका नगर प्रमुख देबेन्द्रकुमार यादव, उपप्रमुख अन्जना कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शाहबुदीन मिकरानी, स्वास्थ्य शाखाका सम्पूर्ण कर्मचारी, नगरपालिका भित्रका सामाजिक परिक्षण भएका वडा अध्यक्षहरु (४,६,११) का वडा अध्यक्षहरु, युएनएफपीएका सर्लाही जील्ला बिज्ञ बच्चालाल महतो, आसमान नेपालका कर्मचारीहरु (परियोजना संयोजक संजय यादव, अनुगमन मुल्यांकन जबाफदेहिता तथा सिकाई अधिकृत केशव राज जोशी ), आमा समूहका प्रतिनिधिहरु, स्थानिय युवा, युवतीहरुलगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।