गोडैता – सर्लाहीमा नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा जील्लाको हरिवन नगरपालिका–५, किरिङ टोलका जनिफ मन्सुरका छोरा १५ बर्षिय सहमद मन्सुर रहेका छन्।
आज (आइतबार) अपरान्ह घर नजिकै रहेको बागमती सिँचाई आयोजनाको नहरमा नुहाउने क्रममा उनको सोहि नहरमा डुबेर मृत्यु भएको हो। पारिवारिक श्रोतका अनुसार अत्याधिक गर्मि भएपछी उनि गर्मि छल्न नहरमा पसेका थिए।
उनि नहरमा पौडी खेल्ने क्रममा नहरभित्र रहेको ह्यूम पाइपमा पसेपछि सोहि पाईपमा अड्किएका थिए। त्यसपछि उनलाई उद्वार गर्दा गर्दै नै उनको घटनास्थलमै मृत्यु भएको बताईएको छ। अहिले उनको शव पोष्टमार्टमका लागि जील्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ।