धनुषामा साँढे ४ लाख घुससहित वडा अध्यक्ष, वडा सचिव र कार्यालय सहयोगी रंगेहात पक्राउ

२०८१ भाद्र २५, मंगलवार १५:४८

सर्लाही – धनुषामा साँढे ४ लाख घुससहित वडा अध्यक्ष, सचिव र कार्यालय सहयोगी रंगेहात पक्राउ परेका छन्।

जील्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ बसहियाका वडाध्यक्ष उपेन्द्र सहनीसहित वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डल पक्राउ परेका छन्।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घरजग्गा बाटोको सिफारिस गरिदिने भन्दै एकजना सेवाग्राहीसँग लगभग ४ लाख ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको हो।

सम्बन्धित समाचार