गोडैता – सर्लाहीमा सार्वजनिक शान्ति बिथोल्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जील्लाको मलंगवा नगरपालिका-३ का २३ बर्षिय फरिद साह रहेका छन्। जील्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनलाई हिँजो (सोमबार) पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनले सोहि ठाउँमा सोमबार दिउँसो गणेश चतुर्थीको मुर्ति बिसर्जन गर्ने क्रममा शान्ति बिथोल्न खोजेका थिए।
उनीमाथि सार्वजनिक शान्ति विरुद्वको कसुरमा जील्ला प्रशासन कार्यालयबाट ५ दिनको म्यादको अनुमति लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।