म्याद नाघेका औषधि बिक्रि गर्ने बरहथवाको एचडी फार्मेसी सिल, बेच्न राखिएको औषधि बरामद

२०८१ भाद्र २६, बुधबार ०७:०५

गोडैता – म्याद नाघेका औषधि बिक्रि गर्ने सर्लाहीको बरहथवास्थित एचडी फार्मेसी पसलमा सिल गरिएको छ।

हिँजो (मंगलबार) औषधी व्यवस्थापन विभाग, पर्साका औषधी निरीक्षकको टोलि र ईलाका प्रहरी कार्यालय बरहथवाको सयुक्त टोलीले निरीक्षणको क्रममा उक्त फार्मेसी पसलमा म्याद नाघेका र विना विलका औषधीहरु बिक्रि गर्ने गरेको र बिक्रि गर्नका लागि राखिएको भेटिएपछि तत्काल उक्त फार्मेसी पसल सिल गरिएको हो।

प्रहरीका अनुसार उक्त फार्मेसी पसलबाट बिभिन्न म्याद नाघेका र विना विलका औषधीहरु बरामदसमेत गरिएको छ। यस बिषयमा अनुसन्धान अघि बढाईएको छ।

सम्बन्धित समाचार