बाग्लुङमा सरकारी पिकअप दुर्घटना: रुकुमपूर्वको पुथाउत्तरगंगा गापाकी उपाध्यक्षसहित तीन जनाको मृत्यु

२०८१ भाद्र २८, शुक्रबार ११:३७

सर्लाही – बागलुङमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाकाे मृत्यु भएकाे छ । दुर्घटनामा जिपमा सवार तीन जनाकाे मृत्यु भएकोमा अन्य दुई जनाकाे सनाखत भइसकेकाे छैन ।

‘पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएकाे पुष्टि भएकाे छ । अरु दुई जनाको सनाखत भइसकेको छैन,’ बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले भने ।

रा १ झ २०० नम्बरको सरकारी जिप आज बिहान गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढासहित केही कर्मचारीहरू सवार रहेका बताइएकाे छ ।

सम्बन्धित समाचार