जाजरकोटमा चट्याङ लागेर महिलाको र अरिंगालको टोकाइबाट पुरुषको मृत्यु

२०८१ भाद्र २९, शनिबार २२:०३

सर्लाही – जाजरकोटमा छुट्टाछुट्टै घटनामा परि दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जील्लाको भेरी नगरपालिका–२ पोखराकि मोहनलाल कामीकि ५५ वर्षीया श्रीमती कौसिला कामि र जिल्लाको बारेकोट गाउँपालिका–५ पाखा गाँउका ४२ वर्षीय पृथ्वी विक्रम शाही रहेका छन्।

कामीको आज (शनिबार) साँझ चट्याङ लागेर र शाहीको अरिंगालको टोकाईबाट मृत्यु भएको हो। शनिबार साँझ कामीकोको घर नजिकै चट्याङ पर्दा उनि घाईते भएकी थिइन्। उनलाई उपचारका लागि जाजरकोटस्थित जिल्ला अस्पतालमा पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको जाजरकोट प्रहरीले जनाएको छ।

यस्तै, शाहीको भने शुक्रबार राति घर नजिकैको एक रुखमा रहेको अरिंगाल पोल्न गएको अवस्थामा अरिंगालले टोकेर मृत्यु भएको हो। अरिंगालको टोकाईबाट गम्भीर घाइते भएका शाहीको आज ( शनिबार ) उपचारका क्रममा आधारभूत अस्पताल लिम्सामा मृत्यु भएको हो।

सम्बन्धित समाचार