बसबरीयामा स्वास्थ्य संस्था स्तरमा गरिएको सामाजिक परिक्षण सार्बजनिकिकरण कार्यक्रम सम्पन्न

२०८१ भाद्र ३०, आईतवार १९:१५

गोडैता – सर्लाहीको बसबरीया गाउँपालिकामा स्वास्थ्य संस्था स्तरमा गरिएको सामाजिक परिक्षण सार्बजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ। नर्वे सरकारको आर्थिक सहयोग, युएनएफपीए नेपालको प्राविधक सहयोग र आसमान नेपालको सांझेदारीमा संचालित कार्यक्रम रिया परियोजना अन्तर्गत बसबरिया गाउँपालिकाको आयोजनामा आज (आईतबार) गाउँपालिकाको शभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

जुन सामजिक परिक्षण अनुसार यस गाउँपालिका भित्र रहेका तीन वटा ( सहोडवा स्वास्थ्य चौकी, धनगढा स्वास्थ्य चौकी र मानपुर स्वास्थ्य चौकी ) स्वास्थ्य संस्थाहरुको बिभिन्न बिषयहरुमा सामाजिक परिक्षण गरिएको थियो। कार्यक्रममा परिक्षणबाट प्राप्त समस्या तथा समाधानका उपाया, साथै स्वास्थ्य संस्थाहरुले गरेका राम्रा काम र नराम्रा कामहरुको बिबरण सार्वजनिक गरिएको थियो। सार्वजनिक परिक्षण अनुसार यस पालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा बिभिन्न समस्याहरु रहेको तथा केहि स्वास्थ्य संस्थाको अवस्था नाजुक रहेको पाईएको छ।

आफूहरुबाट समाधान हुन् सक्ने समस्याहरुलाई तत्काल समाधान गर्नेसमेत ती तिन वटै स्वास्थ्य संस्थाका इन्चार्जहरुले प्रतिबद्धतासमेत कार्यक्रममै गरेका छन्। कार्यक्रममा बोल्दै बसबरिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जयलाल सहनीले ‘आफ्नो जागिरको सुरुवातदेखि हालसम्म यस्तो काम कतै नभएको र यहाँ भएकोमा आफूलाई खुशी लागेको बताए।’ साथै उनले यो कार्यको प्रसंशा गर्दै, यहाँ देखिएका समस्याहरुलाई सकेसम्म चांडै नै समाधान गर्ने आश्वासन दिए।

कार्यक्रममा सामाजिक लेखापरीक्षण, सर्वेक्षण र मूल्याङ्कनकर्ता बिष्णु पराजुलीले उक्त परिक्षणको नतिजा प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा यी र यस्तै बिषयबस्तुहरुमा छलफल गरिएको थियो। कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरु, युएनएफपीएका सर्लाही जील्ला बिज्ञ बच्चालाल महतो, आसमान नेपालका कर्मचारीहरु (रिया परियोजनाका संयोजक संजय यादव, अनुगमन मुल्यांकन जबाफदेहिता तथा सिकाई अधिकृत केशव राज जोशी ), शिक्षकहरु,लगायत केहि स्थानिय भलादमिहरुको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार