सर्लाही – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू विरुद्ध तथ्यहीन समाचार प्रसारण गरेको भन्दै जिल्ला अदालत काठमाडौ, साइबर व्यूरो र प्रेस काउन्सिलमा उजुरी गरेका छन् । डा. राउत आफू र पत्नी सोनी सिन्धु रानीको पारिवारिक विषयमा भ्रामक समाचार प्रकाशित गरेको भन्दै राज्यका तीन निकायमा उजुरी गरेका हुन् ।
शीर्ष खबर प्रालि, उक्त अनलाइनको अध्यक्ष तथा सम्पादक कल्पना दाहाल, सप्तरी फत्तेपुरका दिनेश शर्मा र श्यामकुुमार यादव र पत्रकार बैद्यनाथ यादवलाई विपक्षी बनाई फिराद पत्र जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको छ । राउतको परिवारको निजी मामिलामा तथ्यहीन र भ्रामक समाचार प्रकाशित भएकाले अध्यक्षले उजुरी दर्ता गरेको जनमत पार्टीका प्रवक्ता शरद सिंहले जानकारी गराए ।
विपक्षले प्रकाशित गरेको विषय अदालतमा दर्ता गरेको आफ्नो व्यक्तिगत विषय भएको राउतले फिराद पत्रमा लेखेका छन् । परस्त्रीसँग सम्बन्ध राखेको, पटक पटक रंगेहात फेला परेको भनी आएका समाचार झुठ, बनावटी र आफ्नो मान प्रतिष्ठामा खलल पुर्याएको उनले फिराद पत्रमा लेखेका छन् ।
राउतले पत्नी सोनी सिन्धु रानीको मानसिक अवस्था ठिक नरहेको फिराद पत्रमा लेखेका छन् । सम्बन्ध विच्छेदको माग गर्दै आएकी उनले हाल भने नमानेको बताएका छन् । सिन्धु रानीले सम्बन्ध विच्छेद माग गरेको अवस्थामा छुट्टै हुने गरी जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको राउतले उजुरीमा लेखेका छन् । – अन्लाईन खबर
सम्बन्धित खबर :
-श्रीमती घरमा भन्दा बढी माईतमा बसेको भन्दै सिके राउतले हाले सम्बन्ध विच्छेदकाे मुद्दा