सर्लाही – सिरहामा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा जील्लाको कर्जन्हा नगरपालिका–४ बस्तिपुरका सुमित लामाको ३ वर्षीय छोरा ३ नुरगेन लामा र औरही गाउँपालिका ५ कि सजिबुल खानकी ३ वर्षीया छोरी अलिया खातुन रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लामा सोही ठाउँको पोखरीमा डुबेर बेहोस भएका उनको कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मंगलबार अपराह्न मृत्यु भएको हो भने, खातुनको सार्वजनिक पोखरीमा डुबेर मृत्यु भएको हो।
नुहाउने क्रममा पोखरीमा डुबेर बेहोस भएकी उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मंगलबार अपराह्न नै मृत्यु भएको हो। दुवै घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।