गोडैता – भदौ १ गतेदेखि ३१ गतेसम्मको अवधिमा सर्लाही प्रहरीले एक करोड २४ लाख रुपैयाँ भन्दा धेरै मूल्यको अवैध सामान बरामद गरेको छ।
बरामद सामानहरुमा किराना सामान, लत्ताकपडा, खाद्यान्न, काजु, रासायनिक मल, मोटरसाइकल लगायतका सवारी साधनसमेत रहेका छन्।
जील्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारि एवम् प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार यो अवधिमा जिल्लाका विभिन्न स्थानबाट १ करोड २४ लाख १३ हजार ३ सय अठासी रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो।
बरामद सामान कार्वाहिका लागि मलंगवास्थित जिल्ला भन्सार कार्यालयमा बुझाईएको छ।