लालबन्दी – राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको जील्ला भेला लालबन्दीमा सम्पन्न भएको छ। भेला आज (बिहिबार) लालबन्दीस्थित युनाइटेड होटल इन लालबन्दीमा एक औपचारिक कार्यक्रमकाबिंच सम्पन्न भएको हो।
सर्लाही जिल्लामा बिभिन्न धर्म र जातजातिको मिश्रित बसोबास भएकोले सबै जात जातिका संस्कृति, साहित्य र गीत संगीत कलालाई संरक्षण र सम्बर्द्धन गर्नु आजको आबश्यकता भएकोले सबैको मातृभाषाको गीत संगीतलाइ संरक्षण गर्न र समाजमा आजभोली छाडा र बिकृति गीत संगीतलाइ न्युनिकरण गर्न आजको आबश्यकता देखिएको छ। यस्तै कुराहरुलाई मध्यनजर गर्दै जील्लामा प्रतिष्ठानको कार्य समिति बनाईएको हो।
आजको भेलाबाट प्रतिष्ठानका लागि १५ सदस्यीय जिल्ला कार्य समिति सर्ब सम्मतिबाट चयन गरिएको छ। जसअनुसार अध्यक्षमा लिला चौलागाई, उपाअध्यमा संतोष कर्ण, उपाध्यक्षमा मिना देवकोटा, सचिबमा क्षितिज विश्वकर्मा, सह-सचिबमा चन्द्र बहादुर जिम्बा, कोषाध्यक्षमा महेन्द्र महतो रहेका छन्।
यस्तै, सदस्यहरुमा क्रमश शंकर नराल, संचर भोलन, श्याम लामा भोलन, बिनिता नेपाली, मदन नेपाल, उपासना घिसिङ, बिनिता रसाइलीलगायत रहेका छन्। कार्यक्रममा नव निर्बाचित कार्यसमितिलाई राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान मधेश प्रदेशका अध्यक्ष एवम कार्यक्रमका अध्यक्ष रुद्रसेन बिश्वकर्माले खादा र अबिर लगाएर स्वागत गरेका थिए।