सर्लाहीमा राजस्व छली गरी ल्याइएको ११ बोरा मोबाइल प्रहरीद्वारा बरामद

२०८१ आश्विन ५, शनिबार ०६:२०

गोडैता – सर्लाही प्रहरीले राजस्व छली गरी ल्याइएको ११ बोरा मोबाइल सेट बरामद गरेको छ। शुक्रबार जील्लाको बागमती नगरपालिका-१२ स्थित चेकपोस्टमा खटिएको प्रहरीले उक्त मोबाईलहरु बरामद गरेको हो।

जील्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र ०३-०१ ख ३३८८ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसको पछाडिको डिक्कीमा लुकाइएको अवस्थामा भ्याट बिल नभएको ११ वटा बोरा भित्र ५५० थान मोबाइलहरु फेला परेका हुन्।

प्रहरीका अनुसार ति मोबाईलहरुको मूल्य करिब ७३ लाख ८४ हजार ४०८ बराबर रहेको छ। नियन्त्रणमा लिएका ती मोबाइलका बोराहरूलाई आवश्यक कानूनी प्रक्रियाका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाईएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

सम्बन्धित समाचार