अत्यधिक गर्मी बढेपछि मधेशका विद्यालयहरू हुन् थाले धमाधम बन्द

२०८१ आश्विन ७, सोमबार १७:२८

सर्लाही – तराई–मधेसमा केही दिनयता अत्यधिक गर्मी बढेर विद्यार्थीहरू कक्षाकोठामै बेहोश हुन थालेपछि बिद्यालयहरु धमाधम बन्द हुन् थालेका छन्। घामको प्रचण्ड राप बढेर कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि मधेशका बिद्यालयहरु धमाधम बन्द हुन् थालेका हुन्।

आज (सोमबार) एकै दिन पर्साको एक बिद्यालयमा आठ जना बिद्यार्थीहरु बेहोस भएर उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। उनीहरुको अवस्था भने अहिले सामान्य रहेको अस्पतालहरुले बताएका छन्। यता जिल्लाका बिभिन्न नगरपालिका र गाउँपालिकाहरुले केहि दिन बिद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

आजै पर्साको वीरगन्ज महानगरपालिकाले विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै महानगरपालिकाले असोज ८ र ९ गते दुई दिन महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।

साथै आजै, महोत्तरीको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले पनि अत्यधिक बढेको गर्मीकै कारण आजदेखि ६ दिन विद्यालय बिदा दिने सूचना गरेको जारि गरेको छ । अत्यधिक गर्मी बढेर विद्यार्थीहरू कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकहरूले विद्यालयहरूमा बिदा दिनुपर्ने अवस्था आएको हो।

सम्बन्धित समाचार