रामनगरमा लोक सेवा तयारि कक्षाको उद्घाटन

२०८१ आश्विन ७, सोमबार १८:२३

गोडैता – लोक सेवा तयारि गरि रहेका बिध्यार्थिहरुलाई मध्येनजर गर्दै सर्लाहीको रामनगरमा गाउँपालिकाले संचालन गरेको लोक सेवा तयारि कक्षाको उद्घाटन गरिएको छ। आज (सोमबार) गाउँपालिकाकै वडा नम्बर ३ स्थित श्री तपश्बी जगदेव माविमा एक औपचारिक कार्यक्रमका बिंच लोक सेवा तयारि कक्षाको उद्घाटन गरिएको हो।

लोक सेवा प्रति चासो भएका र बिबिध समस्याले पढ्न नपाएका युवा युवतीहरुका लागि आफ्नै गाउँठाउँमा सहज तरिकाले गुणस्तरीय तरिकाले लोक सेवा तयारि गर्न सकोस भनि तयारि कक्षा संचालन गरिएको गाउँपालिकाका अध्यक्ष राजबाबु यादवले बताउनु भयो। उक्त तयारि कक्षा दिब्यशक्ति नेपाल काठमाण्डौको आयोजनामा र गाउँपालिकाले संचालन गर्ने छ।

तयारि कक्षामा खरिदार र नायव सुब्बाको पहिलो पत्रको कक्षा संचालन गरिने छ। लोक सेवा आयोग २०८०/०८१ को बिज्ञापन अनुसार लोकसेवामा सबैभन्दा बढी दरखास्त दिनेहरु र सिफारिस हुनेहरुमा तेस्रो नम्बरमा सर्लाही रहेको छ। यस्तै पछिल्ला वर्षहरुमा लोक सेवा आयोग प्रति सबैभन्दा बढी आकर्षक मधेस प्रदेश रहेको छ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव, गाउँपालिकाका कर्मचारीहरु, दिब्यशक्ति नेपाल काठमाण्डौ कर्मचारी, कक्षाका प्रशिक्षक र अध्ययन गर्ने बिद्यार्थिहरु, स्थानिय भद्र भलादमीलगायतको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार