जनमत पार्टी सर्लाहीले बलराबाट सुरु गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

२०८१ आश्विन ७, सोमबार १८:५६

सर्लाही – नेपालीहरुका महान पर्वहरु नजिकिएसंगै जनमत पार्टी सर्लाहीले जिल्लाका २० वटा पालिका र २०० वटा वडाहरुमा संगठनले शुभकामना तथा प्रशिक्षण कार्यक्रमको सुरु गरेको छ। आज बलरास्थित गडहीयाबाट शुभकामना तथा प्रशिक्षण कार्यक्रम सुरुवात गरेको हो।

जनमत पार्टी सर्लाहीका जील्ला इन्चार्ज श्रीचन यादवका अनुसार जनताहरुको अधिकारका लागि आफूहरु निरन्तर संघर्ष गरि रहेको र गरिरहेने जानकारी दिए। बिशेष त नजिकिदै गरेका पर्वहरु दशैँ, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान भईरहेको छ। बिशेष त नजिकिदै गरेका पर्वहरु दशैँ, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान भईरहेको छ।

शुभकामना आदान-प्रदानका कार्यक्रमहरु यसैगरी जिल्लाका अन्य सबै पालिकाहरुमा गरिने छ। आज गडहियामा सम्पन्न कार्यक्रममा जनमत पार्टी सर्लाहीका जील्ला इन्चार्ज श्रीचन यादव, जनमत पार्टी बलरा नगर कमिटीको बरिष्ठ उपाध्यक्ष बिनोद राउत, पार्टीका केन्द्रिय सदस्य संजय कुमार सिङ, पार्टीका स्थानिय नेता एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार