गोडैता – सर्लाहीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जील्लाको गोडैता नगरपालिका–१० सिसौटियाका सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरी रहेका छन्।
जील्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बालकको मृत्यु आज (सोमबार) दिउँसो अस्पतालमा उपचारको क्रममा भएको हो। बालकलाई घरमै खेल्ने क्रममा विजुलीको प्लगमा हात पसेर करेन्ट लागेको थियो।
करेन्ट लागेपछि उनि अचेत भएका थिए। अचेत बालकलाई उपचारका लागि अस्पतालमा लगिएको र उनको उपचारकै क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।