गोडैता – सर्लाहीमा दुई जना मृत फेला परेका छन्। जील्लाको रामनगर गाउँपालिकास्थित ईनर्वा र बागमती नगरपालिका-२ मा बालकसहित दुई जना मृत फेला परेका हुन्।
प्रहरीका अनुसार आज (मंगलबार) रामनगर गाउँपालिका – २, ईनर्वामा स्थानिय रामध्यान रायका ४ बर्षीय छोराको शव धानको खेतमा फेला परेको हो। अहिले प्रहरीको टोलि घटनास्थलमा खटिएर घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको छ।

यस्तै, सोमबार जील्लाको बागमती नगरपालिका-२ सुखामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। सोहि ठाउँको हरिवन खोला किनारमा स्थानीय ५५ वर्षीय देवी बहादुर कार्की मृत फेला परेका हुन्।
यी दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जील्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





