गोडैता – सर्लाहीमा पानीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जील्लाको पर्सा गाउँपालिका – ५, पर्सा टाेलका बब्लु अंसारीकी २ वर्षीया छोरी आईसा खातुन रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खातुनको मंगलबार दिउँसो घर नजिकै रहेको एक कुलोको पानीमा डुबेर मृत्यु भएको हो। घर अगाडी खेल्दै गरेकी उनलाई एक्कासि कतै नदेखेपछि खोजीकार्य गर्दै जाँदा मंगलबार साँझ उक्त कुलोको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी थिइन्।
अहिले मृतक बालिकाको शव पोस्टमार्टमका लागि जील्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जील्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।