सर्लाही – सर्लाहीको हरिपुर्वामा एक जनाले गोलि प्रहार गरि श्रीमतीको हत्या गरेका छन्। हरिपूर्वा नगरपालिका–५, मा स्थानीय धीरेन्द्र यादवले आफ्नै श्रीमती २३ वर्षीया चित्रलेखा यादवलाई गोलि हानि हत्या गरेका हुन्।
जील्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ती युवा एक महिना अघि मात्र बिदेसबाट घर फर्किएका थिए। तर घरमा बिबाद भएपछी केहि दिनदेखि घर बाहिर बस्दै आईरहेको स्थानियहरुबाट बुझिएको छ।
गएराती करिव पौने २ बजेतिर घरमा उनि साथिसंगै पुगेर आफ्नी श्रीमतीमाथि गोलि प्रहार गरेको बुझिएको छ। उनले श्रीमतीको कन्चटमा दुई राउण्ड गोलि प्रहार गरेको र श्रीमतीको घटनास्थलमै मृत्यु भएको बताईएको छ।
साथै, उनले आफ्नै बुबामाथि पनि गोलि प्रहार गरेका छन्, उनको गोलि प्रहारबाट उनकै बुबा ५४ वर्षीय रामदिनेश राय घाइते भएका छन् भने अहिले उनको जील्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको छ।
घरमा घटना घटाएर धिरेन्द्र राति नै फरार भएका छन्, अहिले घटनास्थलमा बाक्लो मात्रामा स्थानीयहरू जम्मा भएका छन्। घटनास्थलबाट त्यस्तो कुनै हतियार भने फेला नपरेको प्रहरीले जनाएको छ।
अहिले हत्या गरिएकी चित्रकलाको शव पोस्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पताल मलंगवामा लगिएको र घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाईएको जील्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।